हेटौंडा । मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुधबार बिहान बागमती गाउँपालिका वडा नम्बर–८ साततले स्थित राजबास पुलमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
मदन भण्डारी राजमार्ग अन्तरगत हेटौडा–फापरबारी सडकखण्डमा फापरबारीबाट हेटौडा तर्फ आउँदै गरेको बा २५ प १९०८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदल यात्री बकैया गाउँपालिका वडा नम्बर–८ खजुरीदमार बस्ने ५० वर्षिय दिल बहादुर स्याङतानको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार बिहान करीब ४ बजेको समयमा मोटरसाइकलको ठक्करबाट घाइते भएका स्याङतानलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याईएकोमा डाक्टरले उनलाई मृत घोषित गरेका थिए । ठक्कर दिने मोटरसाइकल चालक फरार रहेपनि मोटरसाइकल भने प्रहरीको नियन्त्रणमा रहेको छ ।











