साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको चौंथो तथा अन्तिम खेलमा नेपालले आज आयोजक बङ्गलादेशसँग बराबरी खेलेको छ । ढाकाको बीएसएसएस मोस्ताफा कमल मैदानमा भएको खेलमा नेपालले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको आठौँ मिनेटमा सेनु परियारले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए पनि ७५ औँ मिनेटमा बङ्गलादेशले गोल गरेर खेल बराबरीमा ल्याएको हो । नेपाल पहिलो खेलमा भारत र तेस्रो खेलमा रुससँग पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई हराएको थियो । नेपाल प्रतियोगिता बाहिरिसकेको छ ।











