हेटौंडा – हेटौंडा उपमहानगर वडा नम्बर–४ स्थित मकवानपुर जिल्लाकै ऐतिहासिक विद्यालय भूटनदेवी माध्यमिक विद्यालयको ५६औं अभिभावक भेला शुक्रबार सम्पन्न भएको छ । शुक्रबार विद्यालय प्राङगणमा ५६औं अभिभावक भेला, पुरस्कार वितरण तथा सम्मान कार्यक्रम भएको हो ।

No description available.

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष फुर्वा लामाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर मिनाकुमारी लामाको प्रमुख आतिथ्यतामा बार्यक्रम भएको थियो । भेलामा प्रमुख अतिथि लामाले सामुदायीक बिद्यालयको गुणस्तर सुधारमा लाग्नु पर्ने बताउनुभएको छ । गुणस्तरी शिक्षा दिएर विद्यार्थी आकर्षित गर्नुपर्ने मेयर लामाको भनाई थियो ।

No description available.

भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फुर्वा लामाले अध्यक्षको प्रतिवेदन तथा प्रधानाध्यापक माधवप्रसाद दाहालले विद्यालयको र्वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, पूर्व शिक्षक अभिभावक संघका संयोजकहरु, पूर्व प्रधानाध्यापकहरु, सेवा निबृत शिक्षकहरु, उत्कृष्ट शिक्षकहरु, खेलकुद तथा अतिरिक्त कृयापलापमा उत्कृष्ठ विद्यार्थी, शिक्षक तथा पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो । विद्यालयमा हाल १ हजार ७२५ जना विद्यार्थी अध्ययनरत छन् ।

May be an image of 7 people and people standing

अभिभावक भेलामा बागमती प्रदेशकी पुर्वराज्य मन्त्री जुनेली श्रेष्ठ, राष्ट्रिय परीक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका दिनानाथ गौतम, हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख गंगाधर रिमाल, श्रमिक माविका प्रधानाध्यापक श्रीराम दाहाल, शिक्षक अभिभावक संघका अध्यक्ष नारायण तिमल्सिनालगायत विद्यालयका शिक्षकहरु तथा अभिभावकहरुको उपस्थिति रहेको थियो ।

May be an image of 11 people, people standing and outdoors