हेटाैंडा – शहीद दिवसको अवसरमा सोमबार हेटौंडामा भएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । अनेरास्ववियु मकवानपुरको आयोजना तथा रक्तसंचार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा बुद्धचोकमा भएको कार्यक्रममा २७ जना पुरुष र ३ जना महिला गरी ३० जनाले रक्तदान गरेका हुन् ।
अनेरास्ववियु मकवानपुरका अध्यक्ष भुवन मैनालीको सभाध्यक्षता तथा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बागमती प्रदेशका श्रम तथा रोजगार मन्त्री एकलाल श्रेष्ठ, प्रदेश युवा परिषदका उपाध्यक्ष सन्तोष चौलागाई, प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे, पूर्व जिसस प्रमुख रघुनाथ खुलाल लगायतको उपस्थिति रहेको थियो ।