हेटौंडा– लागु औषधको कुलतमा परि (रिकभरी सेन्टर) सुधार केन्द्रमा रहेका युवाहरुलाई लक्षित गर्दै हेटौंडामा बिधुत जडान तालिम सुरु भएको छ । लागु औषधको कुलतमा परेर दैनिक जिवन यापनमा समेत असहज अवस्था आएपछि रिकभरी सेन्टर पुगेकालाई सुधार पछि घर फर्कने क्रममा आर्थिक उपार्जनका लागि सहज होस भन्नका लागि तालिम सञ्चालन गरीएको हो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा व्यवसायीक तथा सिप विकास तालिम केन्द्र र मकवानपुर रिकभरी समुहले तालिम सञ्चालन गरेको हो । तालिमको हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले उद्घाटन गर्नु भएको हो । सुधार केन्द्रमा रहेका ३६ जना मध्ये २० जना सहभागि तिन महिने बिधुत जडान तालिममा सहभागिलाई व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका महेश आचार्यले प्रशिक्षण दिने जनाएको छ ।
रिकभरी समुहका अध्यक्ष सुरज बिक्रम राणाको सभाध्यक्षतामा भएको तिन महिने तालिम उद्घाटन कार्यक्रममा हेटौंडा १३ का अध्यक्ष पेम्बा लामा, १४ का अध्यक्ष दिपक खड्का, हेटौंडा ५ का वडा सदस्य रञ्जीता सिलवाल, हेटौंडा उपमहानगरपालिकाका समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिना, गैरसरकारी सस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा, मानब अधिकार संगठनकी सर्मिला श्रेष्ठको आतिथ्यता रहेको थियो ।