सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ५ कोइराला टारमा भीरबाट खस्दा एक महिलासहित बालकको मृत्यु भएको छ । चौतारा सांगाचोकगढी नगरपालिका, सानुसिरुवारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनकी बहिनीको छोरा मेलम्ची नगरपालिका ११ बस्ने ५ वर्षीय विशेष चालिसेको भीरबाट खसेर खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । मृतक महिला बालकको ठुलीआमा रहेको र उनीहरू इन्द्रावती गाउँपालिका १० भोटसिपामा रहेको माइत जाँदै गर्दा भीरबाट खसेर खोलाले बगाएको सँगै रहेकी बालकको आमा पार्वती चालिसेले बताउनुभयो ।











