नेपाली यु १९ महिला टिमले मलेसियामा हुने एसीसी यु १९ विश्वकप क्रिकेटको एसिया छनोटमा पहिलो खेल कतारसँग खेल्ने भएको छ । यही जेठ २० गतेबाट हुने प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वी कतार रहेको छ भने दोस्रो खेल जुन चार अर्थात् जेठ २१ गते युएईसँग खेल्नेछ ।
यस्तै नेपालको तेस्रो खेल जुन ६ मा भुटानविरुद्ध रहेको छ । नेपालले चौथो खेल सात जुनमा थाइल्यान्डसँग खेल्नेछ भने जुन नौमा मलेसियासँग खेल्नेछ । अर्को बर्ष दक्षिण अफ्रिकामा हुने टी २० विश्वकपका लागि भएको छनोटमा नेपाल शीर्ष स्थानमा रहेको खण्डमा त्यो ढोका खुल्नेछ । नेपालले यो प्रतियोगिता पहिलो पटक खेल्न लागेको हो । यु १९ टी २० महिला विश्वकपमा कुल १६ टिमको सहभागिता रहनेछ । नेपाली टिम यति बेला छनोटका लागि अन्तिम तयारीमा रहेको छ । क्यानले केही दिन अगाडी कृतिका मरासिनीको कप्तानीमा टिमको घोषणा गरेको छ ।