हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको बिभीन्न वडाहरुको ६३, १२४ मतगणना भएको छ । मतगणनामा १७७२ मतले गठबन्धनका तर्फबाट नेकपा एसका मेयर पदका उम्मेदवार मिना कुमारी लामा अगाडि हुनुहुन्छ । उहाँले १९,९६४ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी नेकपा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले १८१९२ मत प्राप्त गर्नु भएको छ । त्यसैगरी राप्रपाका तर्फबाट मेयर पदका उम्मेदवार दिपक बहादुर सिंहले १७५६० मत प्राप्त गर्नु भएको छ ।