हेटौंडा – मकवानपुरमा नेकपा एमालेको पनि विजयी सुरुवात भएको छ । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर २ मा नेकपा एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेद्वार काशी राम बज्यु विजयी हुनु भएको हो ।
उहाँ ७४४ मत प्राप्त गरेर वियजी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी गठबन्धनबाट (एकीकृत समाजवादी) का कर्ण बहादुर पाख्रिनले ७ सय ३ मत प्राप्त गर्नुभयो । मकवानपुरमा हालसम्म ५ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले ३ वडामा, माओवादी केन्द्र र एमालेले एक एक वडा जितेका छन् । मकवानपुरको १० स्थानीय तहमा १०२ वटा वडाहरु रहेका छन् ।











