नयाँ मतदाताले आज पनि मतदाता परिचयपत्र पाउने भएका छन् । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई बुधवारबाट मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण थालिएको हो ।
निर्वाचन आयोगकाका अनुसार आज परिचयपत्र वितरण गरी सकिनेछ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारीसमेत दिइने छ ।