हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेका तर्फबाट मेयर तथा उपमेयरका उम्मेदवारहरुले व्यावसायीका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल राष्ट्रिय उद्योग व्यावसाय महासंघ मकवानपुरको आयोजनामा आईतबार हेटौंडामा भएको व्यावसायीक भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागि एमालेका नेता तथा उम्मेदवारहरुले व्यवसायिका हरेक समस्या समाधान गर्दै नगरमा व्यवसायिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
कार्यक्रमको उद्घाटन् गदै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाका प्रत्येक व्यावसायीलाई व्यावस्थापन गर्न लाग्ने बताउनुभयो । यहाँ आर्थिक गतिबिधी बढाउनका लागि पर्यटकिय क्षेत्रको विकास गर्नुपर्ने उहाँले बताउनुभयो । प्रदेशको राजधानी हेटौंडा भएसंगै सबैको व्यावसायमा बृद्धी भएको पौडेलले बताउनुभयो ।
कार्यक्रममा मेयर पदका उम्मेदवार अनन्त पौडेलले स्थानीय तह लोकतन्त्रको जग रहेको बताउनुभयो । उपमहानगरपालिका र व्यावसायीका बिचको सम्वन्धलाई सुमधुर बनाउनुपर्ने बताउनुभयो । उपमहानगरपालिका व्यावसायीमैत्री बनाउने उहाँले बताउनुभयो । कार्यक्रममा उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेले व्यावसायीहरुको सहयोग बिना समृद्ध हेटौंडा बन्न नसक्ने बताउनुभयो । व्यावसायीको हितका लागि कुरा होइन काम गरेर देखाउने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज रामेश्वर राना, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेशसभाका सदस्य जुनेली श्रेष्ठ, एमाले प्रदेश कमिटीका सदस्य बलराम बल, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिब नविन सिग्देल, एमाले जिल्ला सचिवालय सदस्य मदन कुमार दाहाल, एमाले मकवानपुरका नेता श्रीधर पोख्रेल लगायतकाको आतिथ्यता रहेको थियो ।