मकवानपुर – हेटौंडा–९ मा एमालेबाट आसन्न स्थानीय तहका उम्मेदवारहरुले वडाको अधुरा विकास पुरा गर्ने पहिलो प्राथमिक्ता भएको जनाएका छन् । दोस्रो चरणको चुनावी अभियान तिब्र पारेको एमाले ९ नम्बर वडाले घरदैलो कार्यक्रमका क्रममा वडाको अधुरा विकाससंगै, रोजगारीलाई पहिलो प्राथमिक्तामा राखेको जनाएको छ ।

May be an image of 5 people, people sitting and people standing

पहिलो चरणमा टोलगत रुपमा अभियान सञ्चालन गरेको वडामा दोस्रो चरणमा वडाका प्रत्येक घरघरमा पुगेर जनताको मन जितिरहेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वडा नम्बर ९ मा एमालेबाट उम्मेदवारी दिएका अध्यक्षलगायत सदस्यहरु, प्रदेश, जिल्ला, नगर, वडा र टोल तहका नेता कार्यकर्तालगायत घरदैलोमा पुगेका छन् । उम्मेदवारहरुले अघिल्लो पटकमा भएका विकासलाई हेर्दै अधुरा योजना पुरा गर्न पुन मतदान गर्न आग्रह गरेका छन् । वडाको अधुरो विकास आफ्नो पहिलो प्राथमिक्ता रहेको प्रतिबद्धतासहित उम्मेदवारहरु घरदैलोमा पुगेका छन् ।

May be an image of 6 people and people standing

घरदैलो कार्यक्रमको दोश्रो दिन आजसम्म कुष्माण्डा हुँदै त्रिवेणी टोल, धाप टोल, दमार टोल, शान्ति टोल, मिलन टोल, उज्जवल टोलका केही भागमा घरदैलो अभियान सम्पन्न भएको नेकपा एमाले हेटौडा–९ नम्बर चुनाव प्रचार प्रसार समितिले जनाएको छ । प्रचारप्रसार समितिले भोलि वडाको उज्जवल टोलबाट पुन अभियान सुरु हुने जनाएको छ ।