हेटौंडा, २० बैशाख बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) जनजनको मनमनमा बसेको पार्टी भएको बताउनु भएको छ । आज हेटौंडा १८ मा भएको नेकपा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उहाले हरेक उमेर समुहले एमालेलाई आफ्नो पार्टी गर्व गर्ने बताउनुभयो ।
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ५ दलिय सत्ता गठबन्धनले आम जनसमुदायमा भ्रम फैलाउन ब्यस्त रहेको बताउनुभयो । गठबन्धनले देश समृद्ध बनाउने नभई आफू र आफ्ना कार्यकर्ता पोस्ने योजना साथ आएको भनाई राख्नुभयो । एमालेको केन्द्रिय सल्लाहकार परिषद सदस्य समेत रहनुभएका पौडेलले गठबन्धनसङ्ग डराउन जरुरी नरहेको स्पष्ट पार्नुभयो । आफू हेटौंडा नगरपालिकाको मेयर हुँदा २०४९ र २०५४ सालको निर्वाचनमा र २०७४ सालको चुनावमा पनि विभिन्न पार्टी मिल्दा समेत एमाले बिजयी भएको उहाँले स्मरण गर्नुभयो । उहाँले एमालेका जनप्रतिनिधि जहाँ जान्छन् र एमालेले जहाँ जितेका छन् त्यहाँ बिकासको लहर चलेको पनि बताउनुभयो । एमाले पार्टी चोईटेर बनेको पार्टी खरानी पार्टी हो भन्दै उहाँले त्यस्को अस्तित्व नहुने बताउनुभयो । कार्यक्रममा एमाले केन्द्रिय सदस्य भरती पाठक, एमाले जिल्ला सचिवालय सदस्य एबम प्रचार बिभाग प्रमुख ध्रुब चौलागाईं,वडा अध्यक्षको उम्मेदवार अनिल बानियाँ, जिल्ला सदस्य नरहरि महतलगायतको आतिथ्यता रहेको थियो ।