हेटौंडा – मकवानपुरका नेता श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचार प्रसारमा सरिक भएका छन् । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अध्यक्ष पदसहित पार्टी परित्याग गरि एमाले प्रवेश गरेका पोखरेल शुक्रबार हेटौंडा५ मा भएको नेकपा एमालेको प्रचार कार्यक्रममा सहभागी भएका हुन् ।

पोखरेलले नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुलाई शुभकामना दिदै एमालेका नेता तथा कार्यकर्ताहरुसँग सामुहिक तस्बिर समेत खिचाएका छन् । एमाले प्रवेश गर्दा आफ्नै घर फर्किएको र आफ्नै दाजुभाइ तथा दिदिबहिनीहरुसँग भेट भए झै खुसी मिलेको उनको भनाई छ ।









