मकवानपुर – मकवानपुरमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ, भने अर्का एकजना घाइते भएका छन् । गए राति वर्षासँगै परेको चट्याङ लागेर राक्सिराङ गाउँपालिका–८ का ६५ वर्षीय जीतबहादुर गोलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार गए राति वर्षासँगै परेकोे चट्याङ लागेर गोले गम्भीर घाइते भएका गालेलाई उपचारका लागि हेटौंडा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । यस्तै चट्याङ लागेर इन्द्रसरोवर गाउँपालिका–२ का ६२ वर्षीया ठूलीमाया रुम्बा घाइते हुनु भएको छ । उहाँको ललितपुर स्थित पाटन अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिनुभयो ।











