मकवानपुर – मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा भोलीबाट सुरु हुने टाईफाईड बिरुद्धको खोप अभियान सफल बनाउने सामुहिक प्रतिबद्धता जनाईएको छ । गाउँपालिका स्तरिय खोप समन्वय समितिको अभिमुखिकरण कार्यक्रममा सहभागिहरुले अभियान सफल बनाउने प्रतिबद्धता जनाउनुभएको हो ।

गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख धुब्र लामिछानेले सहजिकरण गर्नु भएको थियो । उहाँले १५ महिना देखि १५ बर्षसम्म्का बालबालिकालाई चैत्र २५ गतेदेखि २९ गतेसम्म मकवानपुरगढी गाउँपालिकाको १ देखि ८ वटै वडाका २७ वटा विद्यालय र ८ वटा स्वास्थ्य संस्थाबाट टाइफाइड बिरुद्धको खोप लगाउने कार्यको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिनुभयो । उहाँले गाउँपालिकाका ३३ वटा खोप केन्द्रमा ४३ जना खोप कार्यकर्ता र ७६ जना स्वय सेवक मार्फत ५ हजार ३३५ जना बालबालिकालाई सेवा प्रदान गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्बा, वडाअध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखा प्रमुख एवम् कर्मचारीहरु, राजनैतिक दलका प्रतिनिधिहरु, इलाका प्रहरी कार्यालयका प्रमुख, पत्रकार, रेडक्रस सोसाइटी, स्वास्थ्य संस्था प्रमुख र स्वाथ्यकर्मीहरु साथै सरोकारवाला हरुको सहभागिता थियो ।