हेटौंडा – नेकपा माओवादी केन्द्र १४ नम्बर वडा कमिटी सचिब नेमा पाख्रीन सहितका नेताहरु एमालेमा प्रबेश गरेका छन् । एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वडा कमिटीका सहसचिब कमल रुम्बा, सदस्यहरु बिक्रम मोक्तान, जीवन लामा, अभिशेक मगर वाईसिएल नगर सदस्य थोप्चेन लामा एमाले प्रबेश गरेका हुन् ।

No description available.

नेकपा एमाले केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिवालय सदस्य एवम् एवम् नगर ईन्चार्ज सुनिल मोक्तान सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख ध्रुब प्रसाद चौलागाई, सचिवालय सदस्य मदन दाहाल, फुर्वा लामा, जिल्ला सदस्य दिपक खड्का लगायतका नेताले उनीहरुलाई पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य रानाले एमाले युवाहरुको भरोसा र आकर्षणको केन्द्र बनेको बताउनुभयो । युवाहरुले विकासमा नेतृत्व लिनुपर्ने नेता रानाको भनाई थियो ।