मकवानपुर – बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकमा समृद्धि र विकास गर्ने पार्टी एमाले भएको बताउनुभएको छ । नेकपा एमाले १० नम्बर वडा कार्यालयको शनिबार उद्घाटन गर्नुहुँदै उहाँले मुलकको समृद्धीको नायक नेकपा एमाले भन्ने कुरा जनताले पनि बुझिसकेको बताउनुभयो ।

पौडेलले देशमा अहिले विकासका काम ठप्प भएर भागबन्डाको खेल भईरहेको भन्दै एमालले सरकारका पालामा भएका विकास र समृद्धिको अभियानलाई निरन्तता दिन आगामी चुनावमा पुन एमाले नै आउनुपर्ने बताउनुभयो । उहाँले अहिलेको गठबन्धन सरकार देश र जनतालाई सबल र अधिकार सम्पन्न बनाउनु भन्दा कमजोर बनाउनेतर्फ लागेको बताउनुभयो । एमाले सरकारको कामका कारण जनताले एमाले प्रति आशा र भरोष देखाएको भन्दै त्यो आशा र भरोषा पुरा गर्न एमाले पुन जित्नुपर्ने र जित्ने विश्वास व्यक्त गर्नुभयो । सवै मिलेर एमालेलाई रोक्ने प्रयत्न गरेको भए पनि गठबन्धनको विरुद्धमा एक्लै एमालेले प्रतिष्पर्धा गर्छ र एमाले विजयी भएरै छाड्छ भन्ने आँट, हिम्मत र विश्वास लिएर अगाडी बढ्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा एमाले बागमती प्रदेश सदस्य रघुनाथ खुलालले गठबन्धन जनादेश नभइ परमादेशबाट देश चलाउने र आफ्नो महत्वकांक्षा पुरागर्न अघि बढेको बताउनुभयो । एमालेले जस्तोसुकै शक्तिको समाना गरेर जनताको सेवा गर्ने दृढसंकल्प गरेको पार्टी भएको भन्दै उहाँले एमाले सरकारका पालामा भएका कामहरु नै लिएर जनताको माझमा जानुपर्ने बताउनुभयो । उहाँले परमादेशबाट गठन भएको ५ दलीय गठबन्धन नामको परमादेशी मोर्चालाई जनताको मोर्चाले परास्त गर्ने दावी गर्नुभयो । मुलुक बिकास र समृद्धीको बाटोमा हिडन चाहेको भन्दै उहाँले बिकास र समृद्धीको अगुववाई एमालेले नै गर्ने बताउनुभयो ।

एमाले १० नम्बर वडा कमिटी अध्यक्ष राजकुमार बिकको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य फुर्वा लामा, जिल्ला समस्य उमा सुनार, सुरेन्द्र बिस्ट, इश्वर मैनाली, धर्म बस्नेत, बिना लामा, जिल्ला परिषद सदस्य किताब सिङ्ह लामालगायतको उपस्थिती थियो ।












