सुनको मुल्य आज तोलामा चार सय रुपैयाँले घटेको छ । हिजो पनि सुनको मुल्य तोलामा १३ सय रुपैयाँले घटेको थियो । आज सुनको मुल्य तोलामा ९८ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएकाे छ ।











