मकवानपुर – नेपालकै दोस्रो बालमैत्री घोषणा भएको बकैया गाउँपालिकाले शनिबार घोषणाको प्रथम वार्षिकोत्सव मनाएको छ । बामैत्री गाउँपालिका घोषणा भएको प्रथम वार्षिकोत्सवका अवसरमा बाल सञ्जाललाई खेलसामग्री वितरण, वक्तृत्वकला प्रतियोगिता गर्नुका साथै बालअधिकार संरक्षणके क्षेत्रमा क्रियाशील व्यक्तिलाई सम्मान गरेको छ ।

२०७६ साल माघ २९ गते बकैया गाउँपालिका नेपालकै दोस्रो बालमैत्री पालिका घोषणा भएको थियो । शनिबार वार्षिकोत्सवको अवसरमा गाउँपालिकाले वडा बाल सञ्जाललाई ५० हजार रुपैयाँ बराबरको खेलकुद सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

वार्षिकोत्सवका अवसरमा ‘सबै पक्षको सरोकार, बालमैत्री व्यवहार हाम्रो अधिकार’ विषयक् वक्तृत्वकला प्रतियोगितामा कालीदेवी माविका सिमोन मोक्तान प्रथम, प्रभात माविकी डोल्मा पाख्रिन द्वितीय, जनजागृति माविकी भावना दोङ तृतीय र जनक माविकी संगीता गुरुङ सान्त्वना हुनु भएको छ ।
वार्षिकोत्सवका अवसरमा गाउँपालिकाले बालअधिकारकर्मी सिविन बालहेल्पलाइन हेटौंडाका प्रमुख झविन्द्र ज्ञवाली र मामाघर नेपालका संरक्षक अर्पण पराजुली र स्थानीय बालअधिकारकर्मी भक्त भोलनलाई सम्मान गरेको हो ।

प्रथम वार्षिकोत्सवका अवसरमा गाउँपालिकालाई बालमैत्री सुनिश्चतताका लागि गर्नुपर्ने विभिन्न कृयाकलापका विषयमा समेत छलफल भएको छ । गाउँपालिकाले घोषणाका बखर ३९ वटा सुचकमा काम गरेको भएपनि हाल बालमैत्रीका सूचकहरु ५१ व्टा पुगेको र सो क्षेत्रमा समेत काम गरेर आगामी जेष्ठसमम्मा बालमैत्री सुनिश्चितता गर्ने योजनाका साथ काम गरिरहेको छ ।
बालमैत्री बकैया गाउँपालिकाको अध्यक्ष सिमोन भोलनको अध्यक्षतामा भएको वार्षिकोत्सव कार्यक्रममा गाउँपालिकाका अध्यक्ष दामोदर खनाल,गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलगाएतको आतिथ्यता रहेको थियो ।











