हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर २, स्थित ज्ञानोदय बालबाटिका एकेडेमीका २१७ जना विद्यार्थीहरुले आइतबार कोरोना भाइरस विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा लगाएका छन् । नेपाल सरकारको १२ बर्षदेखि १७ बर्षसम्मका स्कुले विद्यार्थीहरुलाई कोरोना विरुद्ध खोप लगाउने अभियान अन्तर्गत आइतबार ज्ञानोदयका ९९ छात्रा र ११८ जना छात्र गरी २१७ जना विद्यार्थीहरुले दोस्रो मात्रा खोप लगाएका हुन् ।
यसअघि गत पुस १६ गते पहिलो मात्रा खोप लगाएका विद्यार्थीहरुलाई आइतबार दोस्रो मात्र खोप लगाइएको विद्यालयका सह–प्रधानाध्यापक आर्यन झाले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो मात्रा लगाएका २० जना विद्यार्थी दास्रो मात्रा खोप लगाउनबाट छुटेका छन् । छुटेका विद्यार्थीहरुलाई विद्यालयको समन्वयमा दुई नम्बर वडाको सहरी स्वास्थ्य केन्द्रबाट दास्रो मात्रा खोप लगाईने सह प्रधानाध्यापक झाले बताउनुभयो ।