हेटाैंडा – भारतस्थित जम्मू कश्मीरमा रहेको माता वैष्णो देवी मन्दिर परिसरमा नयाँ वर्षका दिन श्रद्धालुको भीडका कारण भगदौडमा १२ जनाको मृत्यु भएको छ, भने २० जना घाइते भएका छन्। यो दुर्घटना त्रिकुटा पहाडस्थित मन्दिरको गृर्भगृहको बाहिर भएको थियो।
समाचार एजेन्सी एएनआईका अनुसार, जम्मूकश्मीरको डीजीपी दिलबाग सिंहका अनुसार कटरास्थित माता वैष्णो देवी मन्दिर परिसरमा १२ जनाको मृत्यु भएको हो र कयौं मानिस घाइते भएका छन्। यो दुर्घटना विहान २ बजेर ४५ मिनेटमा भएको थियो। सुरुआती रिपोर्टका अनुसार, एक विवादका कारण मानिसहरु एक अर्कालाई धक्का दिन थाले र यस्तोमा कुदाकुद भयो। मारिनेमा दिल्ली, हरियाणा, पञ्जाब और जम्मू-कश्मीरका मानिस छन्।











