मकवानपुर – प्रेस सेन्टर मकवानपुरले जिल्लाका अग्रज पत्रकारहरुलाई औषधी खर्च र महिला पत्रकारहरुलाई सुत्केरी भएको अबस्थामा सुत्केरी भत्ता प्रदान गर्न कोष स्थापना गर्ने निर्णय गरेको छ । प्रेस सेन्टर मकवानपुरकी अध्यक्ष अञ्जली थापाको अध्यक्षतामा आज बसेको संगठनको बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले अग्रज पत्रकारहरुलाई पेन्सन र अन्य उपदान नहुने कारण आर्थिक समस्या झेल्नुपर्ने भएकोले उपचार खर्च प्रदान गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । यसैगरी बैठकले सुत्केरी अबस्थामा काम गर्न नसक्ने र आर्थिक समस्या पर्ने भन्दै सुत्केरी महिला पत्रकारलाई सुत्केरी भत्ता दिने निर्णय गरेको बताउनुभयो । बैठकमा प्रेस सेन्टर वाग्मती प्रदेश अध्यक्ष यदु गौतम, पत्रकार महासंघ केन्द्रिय सदस्य शुनिल खड्का, पत्रकार महासंघ वाग्मती महासचिब कृष्णसारु मगर लगाउएतको उपस्थिती रहेको थियो ।











