मकवानपुर – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले बुधबार शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । बिजया दशमी, शुभ दिपावली, नेपाल सम्वत र छटपर्बलगायत चार्ड पर्वहरुको अवसरमा कार्यालयमा भव्य कार्यक्रमको आयोजना गरी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको हो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, निर्वतमान मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश मन्त्री, राज्यमन्त्रीहरु, मन्त्रालयका सचिबहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु, सरकारी÷गैरसरकारी कार्यालय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो । (फाेटाे फिचर )