हेटाैंडा – नेपालमा थप २ हजार ९३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १४ हजार १८३ जनाको परीक्षण गर्दा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वाूथ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १४१८३ मध्ये ९६१३ जनाको पीसीआर र ४५६९ जनाको एन्टीजेन परीक्षण गरिएको हो । पीसीआरबाट २००६ र एन्टीजेनबाट ९३० जना संक्रम पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा १७७५ जना संक्रमणमुक्त भएसँगै हालसम्म निको हुनेहरुको संख्या ६ लाख २६ हजार २ सय ४३ पुगेको छ । निको भएको दर ९४ दशमलव ५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ४३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोना भाइरसका कारण हालसम्म ९५०६ जनाको मृत्यु भएको छ ।