यो वर्ष फुटबलको प्रतिष्ठित अवार्ड बालोन डी’ओर प्रदान नगरिने भएको छ । फ्रेञ्च फुटबलले सोमबार कोरोना भाइरसको महामारीलाई मध्येनजर गर्दै यस वर्षको अवार्ड स्थगित गरिएको जनाएको छ ।कोरोनाबाट प्रभावित हुने राष्ट्रमा फ्रान्स पनि एक हो ।

कोरोनाकै कारण फ्रेञ्च लिग रद्ध भएको थियो । सन् १९५६ पछि पहिलो पटक २०२० मा यस वर्ष बालोन डी’ओर प्रदान नगरिने भएको हो । अवार्डको ६४ वर्षे इतिहासमा पहिलोपटक कुनै पनि खेलाडीलाई अवार्ड प्रदान गरिने छैन । यो अवार्ड बार्सिलोनाका कप्तान लियोनल मेस्सीले सबैभन्दा बढी ६ पटक जितेका छन् ।यस्तै रोनाल्डोले ५ पटक यो अवार्ड जितेका छन् ।