मकवानपुर– बागमती प्रदेशसभा बैठकबाट प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको आईतबार बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कटेलले पेश गर्नुभएको प्रदेश मामिला समितिको प्रतिवेदनसहितको प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको हो ।
विधेयक पारित भएसंगै बागमती प्रदेश सरकारलाई प्रदेश प्रहरी स्थापनाको प्रक्रिया अघि बढाउन तथा प्रदेश सरकार मातहत प्रहरी भर्नागर्ने बाटो खुलेको छ । अब प्रदेश सरकारले प्रदेशमा प्रहरी ऐनमा उल्लेख भएको काम, कर्तव्य, अधिकार र प्रहरीको पदस्थापनको साथै सरुवा र बढुवालगायत अधिकार प्रयोग गर्ने सन्दर्भमा मार्ग सहज भएको आन्तरिक मामिला तथा कानूनमन्त्री जम्मकट्टेलले वताउनुभयो ।