हेटाैंडा– बागमती प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेशभित्र बाढी पहिरोसहित विपदमा ज्यान गुमाएकाको परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । बागमती प्रदेशकाे आइतबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेशका विभिन्न जिल्लाहरुमा बाढी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई प्रति परिवार एक लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराउने निर्णय गरेको हो ।

अविरल बर्षाका कारण आएको बाढी पहिरोमा परी बागमती प्रदेशमा ज्यान गुमाउने अहिलेसम्मका २५ जनाको परिवारलाई राहत रकम तुरुन्तै उपलब्ध गराउने भएको छ । त्यसैगरी घाइते भएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने र वेपत्ता भएकाहरुको खोजी कार्य गरी उद्दार गर्न सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन समन्वय समितिहरुलाई सक्रिय तुल्याइने बताइएकाे छ । विपद् व्यवस्थापन समन्वय समितिलाई सक्रिय तुल्याउन प्रदेश सरकारले आवश्यक स्रोत साधनको व्यवस्था गर्ने जानइर्काएकाे छ । वैठकले साउन २ गते बस्ने भनिएको बागमती प्रदेश सभामा प्रदेश आर्थिक कार्यविधि ऐन २०७७ को पहिलो संशोधन र वातावरण अध्यादेश प्रदेश सभामा पेश गर्ने निर्णय समेत गरेकाे छ ।

अनलाइनखबर