हेटौंडा– पूर्वपश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिकामा गएराती कारकाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ । मनहरी गाउँपालिका–७ बिजौनामा कारको ठक्करबाट ५० वर्षिय पुरुषको मृत्यु भएको हो ।

सोमबार बेलुकी करिव ९ बजेतिर ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा चुरेहिल हस्पिटल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको पहिचान भने अहिले सम्म नखुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा २१ च ६६४२ नम्बरको कारले उनलाई ठक्कर दिएको रानाले वताउनुभयो । कार र चालक प्रहरी नियन्त्रणमा छन् ।