मकवानपुर– मकवानपुरमा बिहीबार एस्काभेटर दुर्घटना हुँदा घाइते भएका पूर्णध्वज केसीको उपचारका क्रममा मृत्यु भएको छ । गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट सडकको सेतो पहरामा बिहीबार एस्काभेटर दुर्घटना हुँदा गम्भीर घाइते भएका थाहा नगरपालिकाका–४ का ३२ वर्षीय पूर्णध्वज केसीको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । ना. १ क ७२९३ नम्बरको एस्काभेटर अनियन्त्रित भएर दुर्घटना भएको थियो । मकवानपुरको थाहा नगरपालिकाबाट थानकोटतर्फ जाँदै गर्दा भएको दुर्घटनामा एस्काभेटरमा रहेका अर्का नवलपरासीका २४ वर्षीय अनिल मगर सामान्य घाइते भएका थिए ।