नेपालमा सोमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । याे संगै संक्रमितकाे संख्या ३७५ पुगेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जनकारी अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख र सुनसरीमा थप १८ जना कोरोना संक्रमित भेटिएका हुन । कर्णाली प्रदेशमै पहिलो पटक दैलेखमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएकाे छ ।

Image may contain: text