हेटौंडा– बागमती प्रदेशका प्रमूख प्रतिपक्षी दलका नेता, कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँ आज मनहरी र राक्सिराङ गाउँपालिकालाइ सहयाेग गर्नुभएकाे छ । यसअघि घोषणा गर्नुभएको कोरोनाविरुद्धको अभियानका लागि मनहरी गाउँपालिकालाई एक लाख र राक्सिराङ गाउँपालिकालाई दुई लाख रुपैयाँ सहयोग गर्नुभएको हाे ।
मकवानपुरको पश्चिमी क्षेत्रस्थित दुईवटा गाउँपालिकामा आज निरीक्षण गर्न पुग्नु भएका नेता बाँनीयाले आइसोलेशन वार्डको समेत निरीक्षण गर्नुभएको थियाे । मनहरी, राक्सिराङ र कैलाश गाउँपालिका बानियाँको निर्वाचन क्षेत्र समेत हो । नेता बानियाँले राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल र मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई घाेषणा गरे बराबर रकम बैंकमा दाखिला गरेकाे भाैचर हस्तान्तरण गर्नुभएकाे हाे । कोरोनाको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाका जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई धन्यवादसमेत दिनुभएकाे छ । यस्तै नेता बानियाँले राक्सिराङ गाउँपालिका–५, बोटबारीका ज्यालादारी र मजदुरी गरेर खाने ३० घरपरिवारलाई खाद्य सामाग्री हस्तान्तरण गर्नुभएको छ ।