मकवानपुर– मकवानपुरमा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषको छात्रबृत्ति वितरण सम्बन्धी कार्यविधि स्वीकृत भएको छ । कोषका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललको अध्यक्षतामा बुधबार बसेको बैठकले छात्रबृत्ति वितरण कार्यविधिलाई परिमार्जन सहित स्वीकृत गरेको हो ।

मुलतः विपन्न र अभिभावक विहिन बालबालिकाको शिक्षामा पहुँच बढाउने, शैक्षिक स्ंस्थाको पुर्वाधार विकास र शैक्षिक सामग्री व्यवस्थापनमा सहयोग गर्ने, शैक्षिक गुणस्तरमा बेद्धि गर्ने र अनाथ, असाहाय एवम् विस्थापित र जोखिममा रहेका बालबालिकाको शिक्षाका लागि आवासीय सुविधा उपल्ब्ध गराउने उदेश्यका साथ नागरिक समाजका तर्फबाट संस्था संचालन गरिएको छ । संस्थामा जम्मा हुने रकमबाट प्राप्त हुने ब्याज वापतको रकमबाट छात्रबृत्ति वितरण गरिने गरि कोषको स्थापना गरिएको छ । यसै वर्षवाट छात्रबृति वितरण गर्ने लक्ष्यका साथ कोषले छात्रबृत्ति सम्बन्धी कार्यविधि तयार पारेको हो । कार्यविधिमा छात्रबृत्तिका किसिम, छात्रबृत्ति कोषमा हुने योगदान, अक्षयकोषको परिचालन, निर्णय एवम् प्रमाणिकरणलगायत अन्य व्यवस्थाहरु गरिएको छ ।
त्यस्तै बुधबार बसेको बैठकले संस्थाको गतिविधि र कोष सम्बन्धमा समेत छलफल गरेको छ । कोषमा हाल सम्म बिशिष्ट सदस्य ३ जना, संस्थागत सदस्य ५ जना, साधारण सदस्य १७ जना र आजिवन सदस्य ४३ जना गरि कुल ६८ जनाले सदस्इता लिएको जानकारी दिईएको छ । सदस्य एवम् अन्य क्षेत्रबाट गरेर हाल सम्म ७ लाख ८७ हजार रुपैया कोषमा जम्मा भएको समेत बैठकमा जानकारी दिईएको छ । कोषमा सदस्यता बृद्धिका लागि संस्थागत रुपमा तथा व्यत्तिगत रुपमा आव्हान गर्ने समेत आजको बैठकले निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो ।
आगामी शैक्षिक शत्रबाट छात्रबृत्ति वितरण गर्ने उदेश्य लिएको कोषको आजको बैठकले आगामी शैक्षिक शत्रका लागि छात्रबृत्ति वितरण गर्न फारम लगायत अन्य व्यवस्थापनका बारेमा छलफल भएको र फारम तयार पार्नका लागि जिम्मेवारी दिइएको उहाँले जानकारी दिनुभयो । साथै आजको बैठकले कोषमा १ लाख ५५ हजार रुपैया सहयोग गर्नुभएका पाठक परिवारलाई धन्यवाद ज्ञापन गर्ने निर्णय समेत गरेको उहाँले बताउनुभयो । प्रमुख खुलालले कोषमा सहभागि हुन समेत सबैलाई आग्रह गर्नुभएको छ ।