हेटाैंडा, चैत्र २६ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन रोक्न उच्च अदालत पाटन इजलासले अन्तरिम आदेश जारी गरेकाे छ । यही चैत्र २९ र ३० मा ६०औँ वार्षिक साधारणसभासहित नयाँ कार्यसमितिको निर्वाचन गर्ने तयारी गरिरहेका बेला उच्च अदालतले निर्वाचन रोक्न अन्तरिम आदेश जारी गरेकाे हाे ।
अदालतकाे आदेशसंगै महासंघको निर्वाचन अनिश्चित बनेको छ । महासंघको वस्तुगततर्फको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेउवा महासंघमा अवैधानिक ढंगबाट सदस्य थपिएको भन्दै निर्वाचसहितको वार्षिक साधारण रोक्न माग गर्दै उच्च अदालतमा दायर रिटमा न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालले अन्तरिम आदेश जारी गर्दै तत्काल निर्वाचनसहितको वार्षिक साधारणसभा रोक्न आदेश दिनु भएकाे छ । योसंगै महासंघको साधारण सभा र निर्वाचन अनिश्चित बनेको छ ।