हेटौँडा, चैत १७ । मदन भण्डारी फाउन्डेसन जिल्ला शाखा मकवानपुरले प्रकाशन गरेको २०८३ सालको भित्तेपात्रो विमोचन गरेको छ । फाउन्डेसन मकवानपुरको कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रममा भित्तेपात्रो विमोचन गरिएको हो ।

फाउन्डेसनका जिल्ला अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले फाउन्डेसनले समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै विभिन्न रचनात्मक कार्यहरू गर्दै आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा यस्ता गतिविधिलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने बताउनुभयो । उहाँले फाउन्डेसनले नियमित रुपमा गर्दै आएकाे रचनात्मक कार्यहरुका लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्यहरू गोपालबहादुर श्रेष्ठ, गणेशकुमारी श्रेष्ठ र भगवती पुडासैनी, हेटौँडा उपमहानगरपालिका–४ का वडा अध्यक्ष नविन सिग्देल, गैरसरकारी संस्था महासङ्घ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा लगायतको उपस्थिति रहेको थियो । भित्तेपात्रोमा फाउन्डेसनले वर्षभरि सञ्चालन गरेका विभिन्न सामाजिक, शैक्षिक तथा जनचेतनामूलक गतिविधिहरूका तस्बिरहरू समेटिएको छ ।