फाइल तस्विर

हेटाैंडा–  बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अबको शिक्षा प्रणााालीमा ८० प्रतिशत प्राविधिक धार हुनुपर्ने बताउनुभएकाे छ । नुवाकोटको विदुर नगरपालिका–१ स्थित  त्रिभुवन त्रिशूली माविको  नवनिर्मित भवन उद्घाटन गर्दै मुख्यमन्त्री पाैडेलले प्राविधिक धारको पढाइ हुनुपर्नेमा जोड दिनुभयाे । मुख्यमन्त्री पाैडेलले अहिलेको शिक्षा प्रणालीलाइ परिमार्जन गरेर पढाउने हैन सिकाउने शिक्षा प्रणाली विकास गर्नुपर्ने बताउनुभयाे । विसं २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखाभूकम्पबाट क्षतिग्रस्त भएको थियो ।  कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो पढाइ हुने गरी विकास गर्नुपर्ने बताए ।  वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले हरेक विद्यालयमा शिक्षकको नै महत्वपूर्ण भूमिका हुने बताए । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षाको परिभाषा गर्दा शिक्षित हुनु मात्र नभई प्रयोगात्मक शिक्षा पनि हुनुपर्ने बताइन् ।  राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा)को समन्वय तथा एशियाली विकास (एडिबी) बैंकको आर्थिक सहयोगमा रु ११ करोड ५३ लाखको लागतमा सो विद्यालयको भवन पुनःनिर्माण गरिएको हो ।  विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि महिला फिडर छात्रवाससमेत सञ्चालनमा रहेको बताए  ।  

प्रधानाध्यापक महेन्द्र राउतले पुरानो पश्चिम १ नं कै पुरानो सोा विद्यालयमा अङ्गे्रजी माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गरिएको बताउँदै कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन हुने नुवाकोट जिल्लामा पहिलो र एक मात्र भएको जानकारी दिए ।  

सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले  जेहेन्दार र गरीब   विद्यार्थीलाई सो छात्रावासमा राखिएको जानकारी गराए ।