हेटौँडा, चैत १ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ७० लाख रूपैयाँ घुस लिएको पाइएपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँले एच.के इन्टरप्राइजेज प्रालिको राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्बन्धी छानबिन तथा राजस्ज चुहावट सम्बन्धी अन्य कसुरबाट बच्नका लागि सहजीकरण बापत ७० लाख रूपैयाँ घुस लिएको अख्तियारको ठहर छ ।
आयोगका प्रवक्ता न्यौपानेका अनुसार झलकरामले विकास चापागाईं, देवेन्द्र केसी, रविन्द्र लामिछाने लगायतसँगको मिलेमतो गरी ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराईज बैंक लगायतबाट रकमको स्वरूप परिवर्तन गरेर ल्याएको देखिएको छ ।
अख्तियारले विशेष अदालतमा पेश गरेको विवरण अनुसार २०७९ सालको घटना साउन हो । साढे पाँच महिना मात्रै महानिर्देशक बनेका उनी २०७९ असार १ देखि २०७९ कार्तिक १६ सम्म राजस्व अनुसन्धान विभागमा थिए ।












