हेटौंडा,माघ ११ । हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको माहाशक्ति साबुन कम्पनीको स्टोरमा आगलागी भएको छ ।
गएराति करिब ११ः५० बजे जस्ता पाताले बनेको स्टोर रुममा विद्युत् तार सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उक्त स्टोरमा साबुन तथा कार्टुन सामग्री भण्डारण गरिएको थियो ।
आगलागीको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुर, सशस्त्र प्रहरी बल नेपाल १४ नं गण र हेटौंडा उपमहानगरपालिकाका दुई वटा दमकल तथा स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ ।









