मकवानपुर,२६ पुस । हेटाैँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नविन सिग्देलले सामुदायिक विध्यालयमा गुणस्तर सुनिश्चित गरिएकाेले आफ्ना बालबालिकालाई ढुक्क भएर सामुदायिक विध्यालयमा नै पढाउन आग्रह गरेका छन् । कर्रा टाेल विकास संस्थाकाे ८औँ साधारणसभाकाे उद्घाटन गर्दै शिक्षा विकासकाे लागि सामुदायिक विध्यालयकाे शिक्षा गुणस्तर बनाउन जनप्रतिनिधि, व्यवस्थापन समितिहरू, विध्यालय प्रशासन लागिपरेकाे बताउनु भयाे ।
विध्यालयहरूले बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म सुविधा सम्पन्न रूपमा गुणस्तरी शिक्षा प्रदान गरिरहेकाे वडा अध्यक्ष सिग्देलकाे भनाई थियाे । विध्यालयकाे भाैतिक पूर्वाधार, सुविधा सम्पन्न विभिन्न ल्यावहरू, स्तरीय बाल विकास केन्द्र, दक्ष र अनुभवी शिक्षक, व्याहारिक शिक्षाकाे लागि विभिन्न अतिरिक्त क्रियाकलाप र तालिमकाे व्यवस्था, शिक्षक र विध्यार्थीलाई सम्मान र पुरस्कार, विभिन्न प्रतिस्पर्धात्मक रचनात्मक क्रियाकलापमा विध्यालयले व्यवस्थापन गरिरहेकाे र वडा कार्यालयले प्राथमिकताका साथ कार्य गरिरहेकाे बताउनु भयाे । साथै, संस्थागत र सामुदायिक विध्यालयकाे सहकार्य र स्वस्थ प्रतिस्पर्धाबाट गुणस्तर सुधारकाे लक्ष्य राखिएकाे वडा अध्यक्षकाे भनाई रहेकाे छ । वडामा भुटनदेवी मावि, आधुनिक मावि र श्रमिक मावि सामुदायिक विध्यालय पर्दछन् ।
साधारणसभामा वडा अध्यक्ष सिग्देलले आगामी २०८४ सालसम्म वडाका सबै मूल र भित्री सडकहरू कच्ची राेड र खाल्डाखुल्डी मुक्त गर्ने जानकारी दिनुभयाे । आफू वडा अध्यक्षमा निर्वाचित भएपछि मूल सडकहरू ८० प्रतिशत स्तरीकरण गरिएकाे र भित्री सडकहरू ९० प्रतिशत स्तरीकरण गरि कच्ची सडक र खाल्डाखुल्डी मुक्त गरिएकाे अध्यक्ष सिग्देलले दावि गर्नुभयाे । साधारणसभाले अजिव भट्टराईकाे अध्यक्ष र सचिवमा अर्जुन पाेखरेल रहेकाे ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्बत चयन गरिएकाे निर्वाचन समितिका संयाेजक केशव अर्यालले जानकारी दिनुभयाे । प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित समेत गरि सम्पन्न भएकाे साधारणसभा संस्थाका अध्यक्ष चन्द्राकान्त श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।
Home प्रदेश बागमती प्रदेश ढुक्क भएर सामुदायिक विध्यालयमा आफ्ना बालबालिका पढाउनुहाेस्: वडा अध्यक्ष सिग्देल











