file photo

हेटाैंडा, पुस २२ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) मकवानपुरको इञ्चार्जमा केन्द्रीय सदस्य रामेश्वर राना चयन भहुनु भएको छ । आज बसेको एमालेको केन्द्रिय सचिवालय बैठकले केन्द्रीय सदस्य रानालाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिएको हो । एमाले मकवानपुरका पुराना नेता राना यसअघि पनि जिल्ला इञ्चार्ज कै जिममेवारीमा हुनुहुन्थ्यो ।

पार्टीको सचिवालय बैठकले एमाले सचिव महेश बस्नेतलाई प्रदेश इञ्चार्जको जिम्मेवारी तोक्दै बागमती प्रदेशका १० जिल्लाका इञ्चार्जको जिम्मेवारी पनि तोकेको हो । जस अन्तरगत मकवानपुरमा रामेश्वर राना, सिन्धुलीमा प्रदीप कटुवाल, रामेछापमा माधव ढुङ्गेल, काभ्रेमा अशोक ब्यन्जु र सिन्धुपाल्चोकमा सुवास कर्माचार्यलाई जिम्मेवारी दिएको छ । यस्तै धादिङमा भूमि त्रीपाठी, दोलखामा पार्बत गुरुङ्ग, नुवाकोटमा केशब पाण्डे, रसुवामा प्रेम तामाङ्ग र चीतवनमा देबी ज्ञवालीलाई जिल्ला ईञ्चार्जको जिम्मेवारी तोकेको हो ।