हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–९ स्थित सिर्जना टोलबाट लागूऔषध कारोबार भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा प्रहरीले हेटौंडा–४, बस्ने वर्ष ३६ को सन्जोग पौडेललाई पक्राउ गरेकाे हो ।
बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको प्रहरी टोलीले हेटौडा–९ स्थित सिर्जनाटोलबाट १ ग्राम ८० मिलिग्राम खैरोहेरोईनसहित पौडेललाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालतबाट म्याद लिई पौडेललाई हिरासतमै राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।