नेपालकाे सार्वजनिक ऋण २७ खर्ब ४३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । गएको भदौ मसान्तसम्मको यो ऋण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४४ दशमलव ९२ प्रतिशत हो ।

गएको असारसम्म सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो । सार्वजनिक ऋणमध्ये आन्तरिक १२ खर्ब ८१ अर्ब ८२ करोड अर्थात् जीडीपीको २० दशमलव ९९ प्रतिशत र बाह्यतर्फ १४ खर्ब ६१ अर्ब ५४ करोड रुपैयाँ अर्थात् जीडीपीको २३ दशमलव ९३ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बताएको छ । यस वर्ष सरकारले ५ खर्ब ९५ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष्य तय गरेको छ ।