नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी सहित सबै नेपाली नागरिकहरु संयमित हुने समय आएको बताएका छन् । प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थामा निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड नगर्न उनको अपिल छ । सामाजिक सञ्जालमा पोस्ट गरेको अपिलमा घिसिङले सरकारको गलत रबैया, गैरजिम्मेवारीपन र असंवेदनशीलताका कारण उत्पन्न परिस्थितिप्रति दुख व्यक्त गरेका छन् । जेन जीसहित अन्तरिम चुनावी सरकार गठन गरेर मध्यावधि निर्वाचन घोषणा गर्दै राष्ट्रलाई विद्यामान संकटबाट निकास दिन आवश्यक रहेकोमा घिसिङको जोड छ ।