मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले खेलाडिलाई सम्मान जनक जीवन जिउने वातावरण निर्माण गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सहभागी भएर राष्ट्रका लागि पदक दिलाउने बागमती प्रदेश भित्रका १६३ जना खेलाडीलाई प्रदेश सरकारले घोषणा गरेको रकमसहित सम्मान गरेको अवसरमा बुधबार एक संदेश जारी गर्दे मुख्यमन्त्री पौडेलले खेलको माध्यमबाट देशलाई संसारभर चिनाउन सफल खेलाडीहरु प्रति प्रदेश सरकार नतमस्तक रहेको उल्लेख गर्नुभयो ।
सागमा सहभागी खेलाडीहरु मध्ये यस प्रदेशका खेलाडीहरुले ४० स्वर्ण, ४७ रजत ७६ कास्य गरी कूल १६३ पदक दिलाउन सफल खेलाडीलाई प्रदेश सरकारले घोषणा गरे बमोजिम बुधबार प्रदेश सरकारको वार्षिकोत्सवका अवसरमा नगद पुरस्कार सहित सम्मान गरिएको थियो । संदेशमा मुख्यमन्त्री पौडेलले पदक बिजेता सम्पुर्ण खेलाडी तथा पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

“ सबैका लागि खेलकूद, राष्ट्रका लागी खेलकूद” दक्षिण एसियाली खेलकूद प्रतियोगितामा सहभागी भएर राष्ट्रका लागि पदक दिलाउने…

Gepostet von Dormani Paudel am Mittwoch, 12. Februar 2020