पर्सा, ३० चैत । हनुमान जयन्तीको दिन वीरगञ्जको छपकैया क्षेत्रमा झडप, केही पसल र मोटरसाइकलमा आगजनी भएको छ । हनुमान जयन्तीको अवसरमा वीरगञ्जमा भक्तिमय वातावरण सिर्जना भइरहेकै बेला छपकैया चौक अगाडि झडप भएको हो । 

झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको छ। हिन्दु धर्मालम्बी र मुस्लिम समुदायका बिचमा यो झडप भएको प्रारम्भिक रूपमा बुझिएको छ । प्रहरीले स्थीति नियन्त्रणमा ल्याउने प्रयास जारी राखेको छ । बिस्तृत विवरण आउन बाँकी छ ।