हेटौंडा । नेपाल खेलकुद महासंघ हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडा कमिटीको आयोजनामा नगरस्तरीय टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । भदौ २९ गते देखि असोज ५ गतेसम्म नगरस्तरीय टि–२० क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
शनिबार (आज) पत्रकार सम्मेलनको आयोजना गर्दै नेकपा एमाले हेटौंडा उपमहानगरपालिका–८ नम्बर कमिटीको व्यवस्थापनमा क्रिकेट प्रतियोगिता गर्न लागिएको जानकारी गराइएको हो । खेलकुदको विकासको लागि स्थानीय तहदेखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यवसायीक र प्रतिस्पर्धा खेलकुद गतिविधि हाम्रो आधार भन्ने अभिपं्रायले टि–२० क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगितका संयोजक धर्मराज पुडासैनीले जानकारी दिए ।
क्रिकेट सञ्चालन तथा व्यवस्थापन मूल समितिमा धर्मराज लामिछानेको संयोजकत्वमा र ५ वटा विभिन्न उपसमितिहरु गठन गरिएको लामिछानेले बताए । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा २० देखि २२ वटा टिमको सहभागीता रहने लामिछानेले बताए ।
संयोजक लामिछानेका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार नगद पुरस्कार सहित शिल्ड र प्रमाणपत्र वितरण गरिनेछ भने द्धितिय हुने टिमलाई नगद २५ हजार रुपैंया, शिल्ड र प्रमाण पत्र वितरण गरिनेछ । यस्तै, उत्कृष्ट पार्चपास गर्ने क्रिकेट टिमलाई विविध पुरस्कार र प्रमाणपत्र वितरण गरिने छ भने उत्कृष्ट खेलाडी तथा लामो समय खेल क्षेत्रमा लागेका व्यक्तित्वहरुलाई सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागिता जनाउन चाहाने टिमलाई ईन्ट्री शुल्क ५ हजार रुपैंया लाग्ने खेल संयोजक लामिछानेले बताए । खेल हेटौंडा–८ कमानेमा रहेको चन्द्रोदय माध्यामिक विद्यालयको प्राङ्गणमा हुने बताइएको छ ।