मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका २१ कृषकलाई राहत वितरण गरिएको छ । बाली क्षती भएका मनहरी-३ का २१ जना कृषकहरुलाई मंगलबार राहत वितरण गरिएको हो ।
मंगलबार वडा कार्यालयले एक कार्यक्रमको आयोजना गरी बाली क्षती भएका कृषकहरुलाई जनही १० हजारका दरले राहत वितरण गरिएको वडाअध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिनुभयो । चालु आ.व २०८०/०८१ मा वडाको सिलिङ वजेटमा नै बाली क्षती भएका कृषकहरुका लागि राहतको व्यवस्था गरीएको उहाँले बताउनुभएको ।
तरकारी पकेट क्षेत्रका लागि नेपालमै प्रसीद्ध हाँडिखोलाका कृषकहरुले चैत वैशाखमा लगाएको तरकारी विपद्का कारण क्षती हुने गरेको छ । कृषकहरुले दुःख गरेर लगाएको बालीनाली विपद्का कारण क्षती हुने भएकाले उनीहरुको मिहिनेतलाई थोरै भएपनि राहत मिलोस् भन्ने उद्देश्यले राहत वितरण गरीएको वडाअध्यक्ष अर्यालले बताउनुभयो ।