हेटौंडा । नेकपा एमालेका पोलिटव्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवि ज्ञवालीले मकवानपुरे माटोमा बामपंथी राजनीतिको जग बसाउन मजदुरहरुको भुमिका रहेको बताउनुभएको छ ।
मजदुर क्षेत्र पार्टी इलाका कमिटी हेटौंडाको ११ औ इलाका अधिवेशन उद्घाटन गर्दै श्रम क्षेत्रको परिवर्तनसंग संगै अब यो क्षेत्रमा पार्टी तथा संगठनको कामगर्ने तरिका पनि परिवर्तन गर्नुपर्ने बिषयमा जोड दिनुभयो ।
राष्ट्रिय राजनीतिको बारे चर्चा गर्नुहुदै नेता ज्ञवालीले गठबन्धनको जबसम्म सहयात्री इमानदार हुन्छ तब सम्म गर्ने हो, सहयात्रीले गडबड गर्न खोज्छ भने सहयात्राको औचित्य समाप्त हुन्छ र नयाँ सहयात्रीको खोजी हुन्छ भन्नुहुदै वैदेशिक शक्तिको इसारामा एमालेलाई एक्ल्याउन षड्यन्त्र बुन्दै गरेका प्रचण्डको तानाबाना बुझिसकेपछी नया गठबन्धनको आवस्यकता भएको बताउनुभयो । अब २८ गते पछि नया राष्ट्रिय सरकार बन्छ र नया बन्ने सरकारले प्रगतिशील काम गर्छ ज्ञवालीले भन्नुभयो ।
अधिवेशनले भर्खरै सम्पन्न एमाले मकवानपुरको १२औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला पदाधिकारीहरुलाई बधाइ सहित सम्मान गर्नुका साथै भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामालाई भिमफेदी गाउपालिकाका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा योगदान सहित सुचिकृत गर्नु भएकोमा सम्मान समेत गरिएको थियो ।
इलाका कमिटी अध्यक्ष क. राजेन्द्र पौडेलको अध्यक्षता, नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्यहरू अर्जुन अर्याल, गिता कार्की, जिल्ला कमिटी अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष हिदम लामा, सचिव सीता बिष्ट, उपसचिव द्वय फुर्वा दोर्जे लामा, आरति पाठक लगायतको आतिथ्यता रहेको थियो ।

कमिटीको अध्यक्षमा भट्टराई
मजदुर क्षेत्र पार्टी इलाका कमिटी हेटौंडाको अध्यक्षमा गंगा प्रसाद भट्टराई चयन हुनुभएको छ । यसैगरी शरण लामा, प्रताप राई, सम्भु लामा, गंगा कुमारी राजथाला क्रमश: उपाध्यक्ष , सचिव,उपसचिव २ जना र मनोज सुवेदी चयन हुनुभयो । सदस्यहरुमा कुमार बर्तौला, प्रल्लाद राई,दुर्गा वाइबा,केशव अधिकारी , शम्भु खतिवडा , गिता श्रेष्ठ ,बिन्दा राई ,सुनिता लामा, मनोज सि राजपुत, सुरज कार्की ,राम सापकोटा ,बुद्ध बिस्वकर्मा रहनुभएको मजदुर इलाका कमिटी सर्व सम्मत चयन गरेको हो ।