मकवानपुर । नेकपा एमाले मकवानपुरमा विभिन्न कमिटीको जिम्मेवारी तोकिएको छ । नवनिर्वाचित जिल्ला कमिटीको बुधबार बसेको दोस्रो बैठकले पार्टी कामलाई व्यवस्थित र सकृय रुपमा संचालन गर्न जिम्मेवारी बाँडफांड गरेको हो ।
गत जेठमा भएकाे १२ औं जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी बैठकले मकवानपुरका पालिकाहरुकाे इन्चार्ज र सहइन्चार्ज तोकेको अध्यक्ष श्रीधर पोखरेलले जानकारी दिनुभयो । बैठकले एमालेको हेटौंडा उपमहानगरपालिका इन्चार्जमा अनिल कुमार पाण्डे जिम्मेवारी दिदा सहइन्चार्जमा रमिला सापकोटा, शिवहरि दाहाल, मिलन पाठक र प्रतिमा श्रेष्ठलाई ताेकिएकाे छ । यसैगरी थाहा नगरको इन्चार्जमा बिमल ढकाल, सहइन्चार्जमा हरि गोपाली र डम्बर लामालाई जिम्मेवारी दिइएको छ । मनहरी गाउँपालिकाको इन्चार्जमा हेमलाल उप्रेती, सहइन्चार्जमा मनिला विष्ट र वीरेन्द्र डीसीलाई ताेकिएकाे एमाले मकवानपुरले जनाएकाे छ । 
यस्तै बागमती गाउँपालिकाको इन्चार्जमा राजकुमार तिमल्सिना, सहइन्चार्जमा उत्तम पौडेल र जयबहादुर वाईबा, बकैया गाउँपालिकाको इन्चार्जमा नारायण तिमल्सिना, सहइन्चार्जमा बेलप्रसाद दाहाल र सरला बोलखेलाई जिम्मेवारी दिइएको छ । मकवानपुरगढी गाउँपालिकाको इन्चार्जमा विदुर हुमागाई, सहइन्चार्जमा मेम्बर लो र खिलप्रसाद चौलागाई, भीमफेदी गाउँपालिकाको इन्चार्जमा जहारसिं लामा, सहइन्चार्जमा प्रकाश पौडेल र चेतकुमारी पुडासैनीलाई ताेकिएकाे छ ।
ईन्द्रसरोवर गाउँपालिकाको इन्चार्जमा ऋषि पुडासैनी, सहइन्चार्जमा धनवीर स्याङ्तान, बुद्धिराम डिम्डुङ र राजन ठकुरीलाई जिम्मेवारी दिइएको छ । यस्तै कैलाश गाउँपालिकाको इन्चार्जमा बच्चुराम ढुंगाना र सहइन्चार्जमा छेकु लामा, राक्सिराङ गाउँपालिकाको इन्चार्जमा बाबुलाल स्याङ्तान, सहइन्चार्जमा सुन्तलीमाया चेपाङ र सिंहलाल प्रजालाई जिम्मेवारी दिइएको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो ।
यस्तै बैठकले पार्टीको २१ वटा विभागमा प्रमुख र उपप्रमुख तथा २२ वटा मोर्चा संगठनको इन्चार्ज र सह–इन्चार्ज तोकेको छ । बैठकले पार्टी स्कूल विभाग प्रमुखमा श्रीधर पोखेल उपप्रमुखको जिम्मेवारी नरहरी महतलाई तोकेको छ । यस्तै संगठन विभाग प्रमुख सिता विष्ट, वित्त तथा कोष व्यवस्थापन विभाग प्रमुख हिदम लामा र उपप्रमुख गोकर्ण पराजुली, स्थानिय तह विभाग प्रमुख  फुर्वादोर्जे लामा, सामाजिक संघ संस्था समन्वय संयन्त्र, कार्यालय प्रमुख आरती पाठक, प्रचार तथा प्रकाशन विभाग प्रमुख उज्ज्वल चौलागाईं, शहरि विकाश विभाग प्रमुख गोबिन्द दाहाल, निर्वाचन विभाग प्रमुख रामचन्द्र न्यौपाने, वन तथा वातावरण विभाग प्रमुख पञ्चमाया स्याङ्तान, विपद व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख शिवहरि दाहाल र उपप्रमुख सुमित्रा चौलागाईं पाण्डे, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख उत्सव चौलागाईं, शिक्षा तथा मानव श्रोत विभाग प्रमुख रमिला सापकोटा, यातायात व्यवस्थापन विभाग प्रमुख गोकर्ण पराजुली, पर्यटन विभाग प्रमुख शशिधर सुवेदी, उपभोक्ता हित संरक्षण तथा सुसासन विभाग प्रमुख रामजि सापकोटा, खानेपानी तथा सरसफाई विभाग प्रमुख कृष्ण ब. राई, युवा तथा खेलकुद विभाग प्रमुख सन्तोष चौलागाई, श्रम तथा रोजगार विभाग प्रमुख सिता विडारी, उद्योग व्यवस्था विभाग प्रमुख प्रतिमा श्रेष्ठ, सहकारी विभाग प्रमुख विदुर हुमागाई, जन संगठन संयन्त्र बिभाग प्रमुख सन्तोष पौडेल र उपप्रमुखको जिम्मेवारी मिलन पाठकलाई तोकेको प्रचार बिभाग प्रमुख उज्ज्वल चौलागाईंले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले जिल्लाका १ सय २ वटै वडामा जिल्ला कमिटी सदस्यहरुलाई पार्टी परिचालनको जिम्मेवारी दिइएको अध्यक्ष पोखरेलले बताउनुभ्यो । बैठकले वार्षिक कार्ययोजना समेत पारित गरेको छ । पार्टी केन्द्रीय कमिटीको १२ बुँदे निर्देशनमा आधारित रहेर जिल्लाका १० वटै पालिकालाई केन्द्रित गरी पार्टीको संगठन, विचार, जनसंगठन, समृद्धि, विकास र निर्माणको क्षेत्रलाई समेटेर वार्षिक कार्ययोजना बनाइएको पार्टी मकवानपुरले जनाएकाे छ । जिल्ला सचिवालय अर्को बैठकले गठन गर्ने भएकाे छ । 
बुधबार बसेको बैठकले जिल्ला कमिटीमा ५ जना मनोनित गरेको छ । बैठकले नरहरि महत, बुद्धिराम डिम्डुङ, रामचन्द्र स्याङ्बो, प्रेमबहादुर पुलामी र नमूना पाण्डेलाई जिल्ला कमिटीमा मनोनित गरेको छ । ५ जना सदस्य मनोनित गरेसँगै नेकपा एमालेको जिल्ला कमिटी १ सय ११ सदस्यीय बनेको छ । जिल्ला अधिवेशनले अध्यक्षमा श्रीधर पोखरेलसहित १०६ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेकाे थियो ।

बैठकले तोकेको जिम्मेवारीहरु यस प्रकार रहेका छन् ।