मकवानपुर । वागमती प्रदेश सरकारको बजेट भाषण दुई घण्टा सरेको छ । आज दिउँसो ४ बजे प्रस्तुत हुने भनिएको आर्थिक वर्ष २०८१/८२ राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) वक्तव्य दुई घण्टाका लागि सरेको हो ।
प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै बिशेष कारणबस बजेट प्रस्तुतका लागि दिउँसो ४ बजे निर्धारित प्रदेश सभा बैठक साँझ ६ बजेका लागि तोकिएको जनाएको छ । यसअघि सभामुख भुवन पाठकले प्रदेश सभाको बैठक दिउँसो ४ बजेका लागि निर्धारण गर्नु भएको थियो । आज बस्ने संयुक्त बैठकमा आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियाले आगामी आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गरिने कार्यसूची थियो ।
प्रदेश सभा सचिवालद्धारा जारी सूचनामा भनिएकाे छ, “वागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट वक्तव्य) वागमती प्रदेश सभाको मिति २०८१ आषाढ १ गते शनिवार दिनको ४ः०० बजे बस्ने बैठकमा प्रस्तुत हुने भनिएकोमा विशेष कारणवश आजै दिनको ६ः०० बजे प्रस्तुत हुने व्यहोरा माननीय सदस्यहरु एवं सम्पूर्ण सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”
